७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लोकवार्ता परिषद नेपालको सातौं राष्ट्रिय सम्मेलन हुने



भुपाल थापा, कपिलबस्तु, २१ असोज ।
लोक वार्ता परिषद नेपालको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन कपिलबस्तुमा हुने भएको छ । असोज २२ गते देखि २९ गते सम्म चल्ने सम्मेलनमा देशभरका अनुसन्धानको क्षेत्रमा बिज्ञहरुको उपस्थिति रहने आयोजक समितीका संयोजक बिक्रम मणि त्रिपाठीले बताउनुभयो । सो सम्मेलनले लोक संस्कृति, बाजा, संकार, ज्ञान र सिपको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम तय गर्दै घोषणा पत्र सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

सांस्कृतिक, भाषिक तथा प्राकृतिक विविधताले युक्त सुरम्य देश नेपाल लोकवार्तासित सम्बद्ध विषयमा पनि उत्तिकै विशिष्ट रहेकाले यस पटकको सातौं राष्टिय सम्मेलन कपिलबस्तुको तौलिहवा, रुपन्देहीको लुम्बिनी र नवलपरासीको त्रिवेणी धाममा आयोजना गरिन लागिएको छ ।
नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषी समुदायको पहिचान एवं मौलिकता संवहन गर्ने यस प्रकारका सम्पदाको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार, प्रकाशन तथा यस क्षेत्रमा योगदान गरेका व्यक्ति एवं संस्थालाई सम्मान गर्न र नेपालका विविध जातजाति, धर्म र भाषाभाषीको पारस्परिक सदभाव एवं सौहार्द बढाउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका ससंस्था तथा विद्वानहरू बिच सम्बन्ध सुमधुर तुल्याउनु लोकवार्ताको मुल उदेश्य रहेको समेत बताइएको छ ।

तौलिहवामा लोकवार्ता परिषद् नेपाल सातौं राष्टिय सम्मेलन आयोजक समिती कपिलबस्तुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोजक समिती संयोजक बिक्रम मणि त्रिपाठी संगै पशुपतिमणि त्रिपाठी, रमेश शर्मा, राघवेन्द्रलाल श्रीवास्तवको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : २३ बजे