१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

स्वच्छ खानेपानी पिउनु नागरिकको अधिकार – मेयर थारु



नारायण पाण्डे, कपिलवस्तु, २१ असोज ।
बाणगंगा नगरपालिकाका मेयर मङ्गल प्रसाद थारुले नगरबासीले स्वच्छ खानेपानी पिउनु सबै नगरबासीको हक भएको बताउनुभएको छ । अझै पनि गाउँ घरमा सर्बसाधारणहरुले स्वच्छ पानी पहिचान गर्न नसकि दुसित पानी पिउन बाध्य भएको भन्दै मेयर थारुले यसमा सचेतना जगाउनुपर्ने बताउनुभयो ।

बाणगंगा र गजेहडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति उप्टहवाको शनिबार भएको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुएको हो ।

नगर उपमेयर चक्रपाणी अर्यालले खानेपानी तथा सरसफाईको क्षेत्रमा लगानी गर्न नगरपालिका सदैब तयार रहेको उद्घोष गर्नुभयो । उपमेयर अर्यालले वाणगंगा र गजेहडा खानेपानी उपभोक्ता समिति जिल्लाकै नमुना संस्था भएको दाबी गर्नुभयो ।

साधारणसभामा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले स्थापना कालदेखिको १ करोड ८० लाख ५४ हजार बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आयव्यायलाई सभाले सर्वसम्मत पारित गरेको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका केन्द्रिय सदस्य कमला न्यौपाने, बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रि, बाणगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारी, सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापा, नेपाल बुद्धिजिबि सङ्गठनका नेता द्रोर्णराज सुबेदी, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, वडा नम्बर ३ का वडा सदस्य कुल बहादुर सोमै मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तव्यमा भएको उक्त कार्यक्रमको सञ्चालन समितिका सचिब कृष्न बहादुर शाहिले गर्नुभएको सहकर्मी नारायण पाण्डेले खबर पठाउनुभएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  ३ : ०२ बजे