६ चैत्र २०७९, सोमबार | Mon Mar 20 2023

जेष्ठ नागरिकका अनुभबबाट युवापिढी लाभान्वित – प्रजिअ भुजेल



कृष्ण हरीजन, कपिलवस्तु, २२ असोज ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जेष्ठ नागरिकका ज्ञान, सिप, क्षमता र अनुभबबाट युवापिढि लाभान्वित हुनुपर्ने बताउनुएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका इमिलीयामा भएको २७ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिबस २०७४ तथा सम्मान कार्यक्रमको अबसरमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख नारायण प्रसाद खनाल, शिबराज नगरपालिकाका नगर प्रमुख नेत्र राज अधिकारी, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ, महिला तथा बालबालिका कार्यालय कपिलबस्तुका महिला बिकाश निरिक्षक धुमा उपाध्याय लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अबदेखी स्थानिय तहले पनि जेष्ठ नागरिकका सेवा सुबिधामा बृद्धि गर्नका लागि बजेट छुट्टाउनुका साथै बिशेष कार्यक्रमहरु ल्याउने बताएका थिए । जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यबस्थापन गर्न बनेको एैन २०६३ कार्यन्वयन गरौ र गराउ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमकै अबसरमा बिभिन्न क्षेत्रका ९ जना जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र र नगद १ हजार १ सयका दरले सम्मान गरिएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज केन्द्रिय कार्य समिति, जिल्ला कार्य समिति र बुद्धभुमि नगर समितिको संयुक्त आयोजना रहेको थियो ।

बुद्धभुमि नगरपालिका ईमिलिया स्थित ओम कारेश्वर शिब मन्दिरको परिसरमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिकका समाजका अध्यक्ष चन्द्रकान्त आचार्यको अध्यक्षता, जेष्ठ नगरिक समाज प्रदेश नं. २ का उपादक्ष फणिन्द्र शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवालिको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : १८ बजे