१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्रामीण स्तरमा सहकारीको योगदान उल्लेख्य : सासंद थारु



हरी आचार्य, कपिलवस्तु, २२ असोज ।
व्यवस्थापिका सांसद विश्राम प्रसाद थारुले माउण्ड एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औ बार्षिक साधारण सभा तथा सहकारीका नव निर्मित आधिुनिक कार्यालय भवनकोे उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथी रहनुभएका चौधरीले ग्रामीण स्तरमा सहकारीले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै जिल्लाकै नमुना सहकारीको रुपमा अगाढी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही साधारण सभामा जिल्ला समन्वय समितीका सहसंयोजक तारावती चौधरी, वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुषाल, वडा नं. ६ का सुकदेव थारु, माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाका लक्ष्मण बेल्बासे, मेरिट सहकारीका प्रबन्धक संचालक सरोज खनाल, खेमराज भट्टराई लगाएतले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा आगामाी आथिर्क बर्ष ०७४÷०७५ को निती तथा कार्यक्रम कमला भटटराई, प्रगति प्रतिबेदन रुमलाल पोखरेल, आर्थिक प्रतिवेदन लेखनाथ भटटराई, लेखा समितीको प्रतिवेदन चतुर्भूज पाण्डेले प्रस्तुत गर्नुभएको व्यवस्थापक रविलाल भटटराई जानकारी दिनुभयो । कार्यक्रम कामला भटटराईको अध्यक्ष दिपक चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

यसैविच माउण्ड एभरेष्ट बचत तथा ऋण सहकारी सस्था लि.को १९ औ बार्षिक साधारणसभाबाट युवराज पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा रीता चौधरी, सचिवमा रुमलाल पोखरेल, कोषाध्यक्षमा लेखनाथ भटटराई निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा यमराज भटटराई, प्रकाश भुषाल, कौशिला खनाल रहनुभएको छ ।

सोही साधारणसभाबाट लेखा समति संयोजकमा टिका मल्ल, सदस्यहरुमा विष्णु बेल्बासे र भगवती गैरै चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक खेमराज दर्नालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : ४३ बजे