१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अब कोरियाबाट रकम पठाउन सहज



असोज २४ । दक्षिण कोरिया सरकारले साना मनि ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएको छ । साना कम्पनीलाई पनि रकम पठाउन अनुमति दिएसँगै अब कोरियाबाट रकम पठाउन सहज हुने प्रवासी मजदुर संगठन ९एमटियु० का प्रचारप्रसार विभाग प्रमुख मधुसुदन ओझाले बताउनुभयो । यसअघि बैंकहरुलाई मात्रै रकम ट्रान्सफर गर्ने अनुमती थियो ।
अनुमती पाएसँगै ग्लोबल मनि एक्सप्रेस ९जिएमई० ले मंगलबार बाटै सेवा सुरु गरेको छ । अबदेखि यो कम्पनीबाट पनि नेपालमा रकम पठाउन सकिने छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा रहेको शाखाबाट सफ्ट लन्चको रुपमा अक्टोबर १० देखि कारोबार शुरू गर्ने कम्पनीले जानकारी गराएको छ ।
रेमिट्यान्स कम्पनीमार्फत नेपालमा रकम पठाउँदा एक पटकमा ३ हजार अमेरिकी डलर ९झण्डै तीन लाख रुपैयाँ० र वर्षमा २० हजार अमेरिकी डलर अर्थात झण्डै २० लाख रुपैयाँ पठाउन सकिनेछ ।
जिएमई कम्पनीले कारोबारको शुभारम्भको उपलक्ष्यमा हरेक ग्राहकलाई टोकन उपहारको समेत व्यवस्था गरेको छ । जिएमईमार्फत रकम पठाउँदा एक पटकमा ७ हजार कोरियन वन ९झण्डै ६ सय ४३ रुपैयाँ शुल्क लाग्नेछ ।
पहिलो पटक जिएमई शाखामा एलियन रजिष्ट्रेशन कार्डको सक्कल र कोरियामा रहेको कुनै पनि बैंकको पासबुक ९थोङजाङ० लिएर रूजु गराएपछि घरमै बसेर रकम पठाउने सेवा लिन सकिन्छ ।
कोरियाबाट रकम पठाएको दश मिनेटभित्रै नेपालका जुनसुकै ठाउँबाट रकम पाउन सकिने तथा नेपालको कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ ।
कम्पनीले दोङ्देमुन शाखा सन्चालनको केही समय पछि ह्वासङस्थित फारानबाट पनि सेवा दिने तयारी गरेको छ । यससँगै अवैधानिक माध्यम हुन्डी बाट रकम पठाउने कार्य कम हुँदै जाने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ७ : ०६ बजे