७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नायिका रेखा थापाको कार दुर्घटना



काठमाडौं, असोज २५ । नायिका रेखा थापाको कार दुर्घटना भएको छ । बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो ।
नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार दिउँसो कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । ‘पछाडिबाट ट्रिपरले ठक्कर दिएछ । पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको । नायिका थापा अगाडि बसेकाले कुनै चोटपटक लागेन’ निरीक्षक कार्कीले भन्नुभयो ।
नायिका थापा गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तर्वार्ता दिएर फर्कने बेला दुर्घटना भएको हो । ट्रिपर चालक र नायिका थापा गौशला प्रहरीमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ९ : ३५ बजे