१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कृषि सम्भाव्यता अध्ययन गर्न चीनको टोली गुल्मी जाँदै



गुल्मी, २७ असोज ।
गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गर्न चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली मुसिकोट नगरपालिकामा जाने भएको छ ।
नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासको लागि यही शुत्रबार चिनियाँ टोली मुसिकोट नगरपालिका -१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनको लागि जाने भर्माचौर नमूना एकीकृत कृषि र्फम मुसिकोट नगरपालिका १ का सचिव दिनानाथ पौड्यालले जानकारी दिनुभयो ।
सोही दिन कृषि उत्पादनहरुको संकलन तथा प्रर्दशन कार्यक्रम भएको हुँदा आ-आफ्ना गाँउघर तथा छरछिमेकमा कृषकहरुले उत्पादन गरेका कृषि उपज तथा उत्पादित बस्तुहरुलाई कृषि प्रर्दशनी मार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गर्ने जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका चीनका ८ जना विशेषज्ञ सहितको टोली जाने बताउनुभयो ।
कृषिको अध्ययन अनुसन्धानको लागि चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधी गर्दै गरेका भूषालको विशेष पहलमा जाने लागेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५५ बजे