१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दोहोरी गीत प्रतिष्ठान कपिलवस्तु देउसी भैलो खेल्दै



थानेश्वर अधिकारी, कपिलवस्तु, २७ असोज ।
नेपालीहरुको महान् चाड शुभदिपावलीको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको अगुवाईमा मैत्रीपुर्ण देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम २०७४ संचालन हुने भएको छ ।
देउसी भैलो कार्यक्रम सञ्चालन गरी कलाकार अक्षयकोष स्थापना गर्ने तथा नवोदित कलाकारहरुलाई बिधागत प्रशिक्षण सञ्चालन गर्ने उद्देश्यले सो देउसी भैलो कार्यक्रम संचालन गर्न लागिएको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो ।
सो देउसी भैली कार्यक्रममा नेपाली लोक संस्कृति झल्कने खालका मारुनी, कौडा, टप्पा,सालैजो र अन्य समसामयिक गित तथा नृत्य प्रस्तुत गरिने भएको छ । सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा २७ सदस्सिय भैलो व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै गरी प्रतिष्ठान अञ्चल सह कोषाध्यक्ष पुर्णचन्द्र परियारको संयोजकत्वमा कार्यक्रम संचालन तथा यातायात व्यवस्थापन समिति, प्रथम उपाध्यक्ष सुर्य चुँदालीको संयोजकत्वमा सम्पर्क समन्वय उपसमिति, द्धिर्तिय उपाध्यक्ष महेश घिमिरेको संयोजकत्वमा बाद्यबादन तथा पोशाक व्यवस्थापन उप समिति, सचिव सन्तोष बि.क.को संयोजकत्वमा खाद्य व्यवस्थापन उप समिति र कोषाध्यक्ष शुसिल खत्रीको संयोजकत्वमा आर्थिक उप समिति, निबर्तमान उपाध्यक्ष धनु गाहाको संयोजकत्वमा अनुगमन उप समिति , सदस्य दिपक अनुरागी संयोजकत्वमा प्रचार प्रसार उप समिति, सह सचिव भक्ति पौडेलको संयोजकत्वमा सम्मान उप समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  २ : ०१ बजे