१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुटवल उद्योग वाणिज्य संघमा हमाल निर्वाचित



बुटवल, २८ असोज ।
बुटवल उद्योग वाणिज्य संघको नया नेतृत्वमा खेमबहादुर हमाल निर्वाचित भएका छन् । संघको २३ औं अधिवेशनको निर्वाचनबाट प्रत्यासी कृष्णकुमार श्रेष्ठलाई १ सय ९० मतले पराजित गर्दै हमाल बिजयी भएका हुन् । हमालले ८ सय ६५ र श्रेष्ठले ६ सय ७५ मत प्राप्ःत गरेका छन् ।
निर्वाचनबाट बरिष्ट उपाध्यक्षमा उज्ज्वल कसजु, उद्योग उपाध्यक्षमा अनिल प्रसाद कसजु, वाणिज्य उपाध्यक्षमा हरि अर्याल, महासचिवमा दिनेश श्रेष्ठ, कोषाध्यक्षमा बिमलराज भट्टराई र कमल प्रसाद पौडेल निर्वाचित भएका छन् । पदाधिकारीमा निर्वाचित सबै हमाल प्यानलका हुन । सदस्यहरुमा दुई जना मात्रै श्रेष्ठ प्यानलबाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ०२ बजे