८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सैनामैना महोत्सव हुने



बुटवल, २८ असोज ।
सैनामैना उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय सैनामैना, कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव आयोजना गर्ने भएको छ ।

आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नारा सहित कार्तिक २९ देखि मङ्सिर १० गतेसम्म मुर्गियामा महोत्सव हुने छ । महोत्सवको तयारी सुरु भएको र अहिले स्टल बुकिङको काम भैरहेको संघका अध्यक्ष राजवहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
तीन वर्षअघि पर्रोहा र दुधराक्ष गाविसलाई मिलाएर सैनामैना नगरपालिका घोषणा भए संगै यस क्षेत्रको आर्थिक विकासमा ठूलो परिवर्तन आएको र महोत्सवले यस क्षेत्रकै विकासमा ठूलो टेवा पुग्ने संघका उद्योग उद्योग उपाध्यक्ष रिमवहादुर श्रेष्ठले वताउनुभयो ।
संघका महासचिव रामप्रसाद अधिकारीले महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने र चार करोड बराबरको आर्थिक कारोवार हुने जानकारी दिनुभयो ।
उहाँले सालझण्डी देखि ढोरपाटन जोड्ने सडक निर्माणले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा ठूलो परिवर्तन ल्याउने निश्चित भएकोले त्यसको पूर्वाधारका रुपमा सैनामैना क्षेत्रमा मेला र महोत्सवको ठूलो भूमिका हुने वताउनुभयो ।
संघका वाणिज्य उपाध्यक्ष लक्ष्मी शर्माले सैनामैना क्षेत्रमा रहेका ऐतिहासिक पर्रोहा बोलबम धाम, मलमला मन्दिर, सञ्चालनमा आउनै लागेको थारु होमस्टे, रानीकुवा लगायतका कैयौं महत्वपूर्ण ऐतिहासिक सम्पदाहरुले सैनामैना नगर क्षेत्रलाई अझै सम्मृद्ध वनाउन ठूलो सहयोग मिलेको छ ।
उहाँले मेलामा दर्शकहरुको आकर्षणका लागि चिडियाखाना तथा अष्ट्रिच ल्याउने संभावना रहेको वताउँदै छलफल भैरहेको वताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष प्रेमवहादुर खडकाले आर्थिक विकासको आधार कृषि, पर्यटन र उद्योग व्यापार नै भएकोले महोत्सवले यी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको वताउनुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ११ बजे