१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बागलुङ महोत्सव पुसमा



बागलुङ, २९ असोज ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ । व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्न अध्यक्ष भारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।
मेलामा राष्ट्रियस्तरको लोक दोहोरी, भलिबललगायतका प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथमा सयौँ व्यापारिक कक्ष राखिनेछ ।
बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी र प्रतियोगिता पनि राखिने मूल संयोजक भारीले जानकारी दिनुभयो ।
यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरे पनि पहिलोपटक पुस महिनामा गर्न लागेको हो ।
महोत्सव गर्नका लागि स्थान अभाव भएपछि संघले बिदाको समय पारेर धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सव गर्न लागेको हो । (रासस)

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  २ : ३७ बजे