११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कोरियामा शैक्षिक तालिम लिँदै नेपाली शिक्षक



शिब भुसाल, दक्षिण कोरिया, ३० असोज ।
शैक्षिक तालिममा सहभागी हुन नेपालका १८ निजि विद्यालयका प्राध्यापकहरुको टोलि दक्षिण कोरिया आएको छ । वुमन सिइओ सेन्टर कोरियाले प्रदान गरेको गामा ट्रेनर ट्रेनिङमा सहभागी हुन भैरहवा र काठमाण्डौका गरी १८ निजि विद्यालयका प्राध्यापकहरुको टोली कोरिया आएको हो ।
शैक्षिक क्षेत्रका नयाँ प्रविधिहरु सिक्ने लक्ष्य तथा विद्यालय व्यवस्थापकीय तालिम लिनका लागि टोलि दक्षिण कोरिया आएको टोलिका एकजना लिडर गम्भिर गुरुङ्गले बताए ।
कोरियाको जिरिसानमा ५ अक्टोबर देखि संचालित तालिम १७ अक्टोबर सम्म १३ दिन चल्ने बताईएको छ ।
आफुहरुले तालिममा सिकेको कुरा नेपालको शैक्षिक सुधारमा सहयोगी बन्ने तालिममा सहभागी शिक्षक गोकुल पोख्रेलले बताए ।
तालिममा सामूहिक विद्यालय परिवार भैरहवा अन्र्तगतका ११ जना प्रधानाध्यापक सहित काठमाडौंको स्कुल्स फोरमका ७ प्रधानाध्यापक गरी १८ जनाको सहभागिता रहेको छ ।
तालिममा सहभागि हुन आउने सहभागिहरुको सम्पुर्ण खर्च शैक्षिक क्षेत्रमा काम गर्ने संस्था वुमन सिइओ सेन्टर कोरियाले गरेको छ ।
संस्थाले सन् २०१८ मा अष्ट्रियामा क्षमतावान् प्रशिक्षक निर्माण तालिम प्रदान गरिने ट्रेनिङका संचालिका हादाल नामले बताईन् । तालिममा लि सिसिलिया र छो सुसन्नताले मुख्य प्रशिक्षकको भूमिका रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  १ : ३६ बजे