१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तिहार पर्वको मार, तरकारीको मुल्य आकाशियो



मायादेवी अनलाइन, कपिलवस्तु ३० असोज ।
कपिलवस्तमा जिल्लामा तरकारीको मुल्यमा भारी बृद्धि भएको छ । तरकारीको मुल्य अहिले सम्म कै उच्च बिन्दुमा पुगेको हो । असार पछि निरन्तर बृद्धि भईरहेको तरकारीको मुल्य दशै पछि झनै अकाशिएको छ । मुल्य बृद्धिले भान्सामा तरकारीले कम स्थान पाएको छ ।
एक्कासी मुल्य बृद्धि भएपछि तरकारी खान नसकिने अवस्थामा पुगेको तरकारी वजार हिडेकि गजेडाकि रक्षा शर्माले बताउनु भयो । सामान्य घटबढ हुन स्वाभाविक भए पनि एक्कासी ढाडै सेक्ने गरी भएको मुल्य बृद्धिले आफुहरु समस्यामा परेको उहाले दुःखेसा पोख्नुभयो ।
जेठ अन्तिम सम्म हाटबजार तथा सब्जी मण्डीमा किलाको २० देखि ५० रुपैया सम्म पाईने तरकारीहरु अहिले सय भन्दा माथी पुगेको छ । बजारमा अहिले प्रतिकिलो आलु २० , टमाटर ६०, गोभी र परवर ८० देखि सय, १० रुपैया पर्ने लौका ४० पर्ने गरेको छ । यस्तै बोडी एक सय , लौरे सिमी १ सय ६० र साग लगायतमा समेत धेरै मुल्य बढेको व्यापारीहरु बताउछन् ।
जिल्लाका बिभिन्न स्थानमा लगाइएको तरकारीहरु बर्षाले पानी जमेर बोटहरु मरेपछि जिल्लामा तरकारीको अभाव भएको र त्यही अभावले गर्दा मुल्य बढेको हथौसाका किसान मैनकली अर्याले वताईन । अन्य सयममा जिल्ला बाहिर निकासी हुने तथा सीमीत मात्रामा मात्र अन्य जिल्लाबाट तरकारी आउने गरेकोमा अहिले बुटवलबाट तरकारी भित्रिरहेको उहाले बताउनु भयो ।
तरकारीको मुल्य अत्यधिक वढे पछि खाना बनाउने गृहेणीलाई बढि मर्का परेको छ । जति महंगो भए पनि परिवारलाई खुवाउनु पर्ने बाध्यता हुदा गृहेणी महिलाहरुलाई बढि समस्या पर्ने गरेको हो । बर्षाले गर्दा जताततै तरकारी उत्पादनमा कमी भएकोले मुल्य बढेको कृषकहरु बताउछन् । जिल्ला कृषि कार्यालयले जिल्लामा तरकारी उत्पादन कम भएकाले मुल्य वृद्र्धि भएको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  १ : ४९ बजे