१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जेसिसको सप्ताहव्यापी कार्यक्रम जारी, आइतबार बक्तृत्वकला सम्पन्न



अविनाश बेल्वासे, कपिलवस्तु, ३० असोज ।
जेसिज कपिलवस्तुले २३ गते देखि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरीरहेको छ । जस अन्तर्रगत आईतबार उच्च मा वि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“हो हामी चम्कन्छौ शिर्षक ” रहेको बक्तृत्वकला प्रतियोगितामा सर्बोत्कृष्ठ प्रस्तुतीका साथ होराईजन उच्च मा. वि. कि छात्रा प्रबेशिका अधिकारी प्रथम भएकी छन ।

बाणगंगा उच्च मा. वी. का छात्र नारायण बेल्बासे द्धितिय र बाणगँगा बहुमुखि क्याम्पस कि छात्रा गोमा पाण्डे तृतीय भएकी छन । बिजयी बिद्यार्थीहरुलाई साताव्यापी कार्यक्रमको अन्तिम दिन एक कार्यक्रमको बिचमा पुरस्कृत गरिने बक्तृतवकला प्रतियोगिताका संयोजक शुसिल खत्रीले बताउनुभयो ।

बाणगंगा नगरपालीका भित्रका झण्डै १२ वटा बिद्यालयलाई प्रतियोगितामा भाग लिन पत्र पठाईए पनि अपेक्षा गरे अनुरुप प्रतियोगी उपस्थित नभएको जेसिज कपिलवस्तुका महासचिब राजेन्द्र अर्यालले बताउनुभयो ।

जिल्लाका अधिकाशं शैक्षिक संस्थाहरुले दशै र तिहारको बिदा एकै पटक दिदा प्रतियोगितामा भाग लिन मन भएका विद्यार्थी सम्म जानकारी पुग्न नसकेको महासचिब अर्यालको भनाई थियो ।

जेसिज २०१७ का अध्यक्ष कृष्ण चौधरीले संस्थाले विगतमा गर्दै आएको कार्यलाई निरन्तरता दिने क्रममा उक्त सामाजिक रचनात्मक कार्य गर्न थालिएको बताउनुभयो । त्यसैगरि सोमबार ४ नं जितपुरमा बिहान ८ बजे देखि सरसफाई तथा ट्राफिक सचेतना र स्वलो बाइक कार्यक्रम गरिने भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  २ : १९ बजे