१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विचौलीया भगाउन एकजुट हुनुपर्नेमा जोड



कपिलवस्तु, ३१ असोज ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्रगत धान जोन कार्यान्वयन इकाई कपिलवस्तुले एक दिने बजार प्रवर्धन गोष्ठि आयोजना गरेको छ । धान जोन कार्यान्वय इकाई अन्तर्रगत पर्ने क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि विचमा गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा कृषक समूह, सहकारी संस्था र खाद्य उद्योगका २५ जना प्रतिनिधि विच अन्र्तरक्रिया भएको थियो । अब धान स्याहार्ने सिजन भएको र कृषकले धानको मूल्य चाहे जति नपाएका गुनासा सम्बोधनका लागि गोष्ठि आयोजना गरेको धान जोन कार्यान्वयन इकाईका कार्यसमिति सदस्य गोपालमणी ज्ञवालीले जानकारी दिनुभयो ।
कृषकले उत्पादन गरेको धानलाई खाद्य उद्योगले उचित रकम नदिने र विचमै विचौलीया हावी हुने प्रक्रिया अन्त्य गर्न सबै पक्ष विच अन्तर्रक्रिया भएको उहाले बताउनुभयो ।
कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाई कार्यालयका प्रमुख दुर्गा प्रसाद रिजालको अध्यक्षता र श्रृजना सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  २ : ४५ बजे