१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तुलसीपुर उद्योग वाणिज्य संघले रजत जयन्ती मनाउँदै



शरद रेग्मी, तुलसीपुर, १ कार्तिक ।
तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २५ औ वर्ष पुगेको अवसरमा रजत जयन्ती समारोह मनाउने भएको छ । मङ्गलबार कार्यसमितिको बैठकले विभिन्न आरोह र अवरोहका विचमा स्थापनाको २५ औ वर्ष पुगेको अवसरमा एक महिना सम्म विभिन्न सामाजिक कामहरु गर्ने निर्णय गरेको छ ।

वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकले लामो इतिहास वोकेको तुलसीपुर उद्योग वाणिज्य संघको भुमिकाको आम दाङवासी र निजी क्षेत्रवाट भैरहेको प्रसंसाको उच्च कदर गर्दै कार्तिक महिना भर रजत जयन्ती महोत्सव मनाउन लागेको संघका अध्यक्ष रावतले जानकारी दिनुभयो ।

उहाका अनुसार कार्तिक २ गते देखि विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउन लागीएको हो । जस अन्तरगत सरसफाईको नेतृत्व, क्लीन तुलसीपुर ग्रिन तुलसीपुर कै अवधारणा अनुसार ५१ औ हप्ता सम्म अञ्चल अस्पतालको सरसफाई गर्ने असाय र असक्त वालवालिकाहरुलाई सहयोग र शैक्षिक सामाग्री वितरण , रक्तदान र व्यवसायीक सुरक्षा र तालिम संचालन गर्ने लगायतका योजनाहरु प्राथमिकतामा रहेका छन् ।

सो अवसरमा संघका निवर्तमान अध्यक्ष विमल रिजालले आम नागरिकको चासोको विषय रहेको वहुआयामिक सभाहलको काम शुरु भै सकेको वताउनु भयो । उहांले भन्नु भयो पहिलो चरणमा कम्पाउन्ड को काम थालनी भएको छ । दोश्रो चरणमा स्थानिय निकाय संगको समन्वयमा सभाहलको डिजाइन तयार गरेरे काम अगाडी वढाईने छ ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : ३५ बजे