१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सूर्योदय मावि वरवामा स्वागत कार्यक्रम



दिपा महत, कपिलवस्तु १ कार्तिक ।
सूर्योदय मावि वरवा कपिलवस्तु कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का विद्यार्थी लाई स्वागत गरेका छन् । विद्यालयमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रम कक्षा १२ का छात्र सुमन थारुको अध्यक्षता, विद्यालयका प्रअ जगन्नाथ मरासिनीको प्रमुख आतिथ्यता, पैमा श्रेष्ठ र हिमानी गाहाको सञ्चालनमा भएको हो ।
मिना चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा शिक्षकहरु कमल प्रसाद ढुङगाना, सरस्वती गौतम, कृष्णप्रसाद खनाल लगाएतले बोल्दै शुभकामना दिनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक कूलबहादुर चुदालीले गर्नु भएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : ५३ बजे