१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मखमली र सयपत्री हराए, जताततै प्लाष्टिकका मालै माला,



मायादेवी अनलाइन, कपिलवस्तु, २ कार्तिक ।
मखमली र सयपत्री फुल पाइन छाडे पछि कपिलवस्तुका बजारहरुमा प्लास्टिकका मालाको माग बढेको छ । केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भए पछि प्लास्टिक, कपडाको मालामा भारी बृद्धि भएको हो । अहिले तिहारलाई लक्षीत गरी ब्यपारीहरुले प्लास्टिकका माला भारतबाट ल्याएका छन् ।
यहाँका तौलीहवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाटबजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् । पुरै बजार मालाले सिंगारिएका छन्, भने ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन् ।
तौलिहवा हाट बजारका ब्यापारी लल्लु गुप्ताले बजारमा मखमली र सयपत्री फुल आउनै छाडे पछि केही बर्ष यता देखि प्लास्टिकका मालाहरु प्रति ग्राहक आकर्षित भएको बताउनुभयो । रक्षा बन्धन पछि तिहारमा माला सबै भन्दा बढी बिक्री हुने भएकाले आफुले भारतबाट माला ल्याएको गुप्ताले जनाउनुभयो ।
पाँच रुपैया देखि साढे तीन सय मुल्यमा माला बिक्रीका लागि राखेको भन्दै उनले तिहारमा एक लाख बढीको माला बिक्री हुने बताउनुभयो । प्रत्येक माला ब्यापारीले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोवार हुने बताएका छन् । त्यस हिसाबले नै जिल्लामा नै यस्को लाखौको कारोवार हुने पुष्टी गरेको छ । अहिले सबैजसो बजारमा माला किन्नेहरुको भीडभाड बढेको छ ।
जिल्लामा ब्यवसायिक फुलखेती नभएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । उता तिहारमा भाडाकुडा, बिभिन्न रंग, ओकर लगायतको कारोवारमा समेत बृद्धि भएको ब्यपारीहरु बताउँछन् । अन्य समय भन्दा अहिले बजारमा भाँडाको ब्यापार ह्वात्तै बढेको हो । अरु समयमा फाटफुट मात्र ब्यापार हुने कपिलवस्तुको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भीडभाड बढेको देखिन्छ ।
खासगरी जिल्लामा तिहारको धनवन्तरी दिवस (धनतेश ) का दिन भाडाकुँडा खरिद गर्ने चलन भएकाले यस्को ब्यापारमा बृद्धि भएको ब्यपारीहरु बताउँछन् ।

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  २ : ०६ बजे