१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दोस्रो भ्याली कप फुटबलको उपाधि



पाल्पा, २ कार्तिक ।
आयोजक दमकडा फुटबल क्लब ‘ए’ ले दोस्रो भ्याली कप फुटबलको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा सराई फुटबल क्लब ‘ए’ लाई ३–० ले पाखा लगाउदै दमकडा फुटवल क्लबले उपादी हात पारेको हो ।

दमकडा ‘ए’ का विकु लामाले २ गोल गरे भने सराईका राजु श्रेष्ठले आत्मघाती गोल गरे । बिजेता भएसंगै आयोजक दमकडाले नगद ५० हजार पाएको छ । विजयी तथा उपविजयी टिमलाई जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, आयोजक समितिका अध्यक्ष विक्रम भट्टराई लगायतले पुरस्कार, ट्रफि, शिल्ड प्रदान गरे ।

खेलमा उत्कृष्ट गोलकर्ता सराइका सरोज क्षेत्री, उत्कृष्ट गोलरक्षक विश्वास थापा र उत्कृष्ट गोलकिपर विशाल सुनार भए । उनीहरुलाई नगद तथा मेडल र ट्रफि प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समितिका पूमुख दयाराज बस्यालले खेलाडिहरुलाई मेडल र ट्रफि प्रदान गर्दै दमकडामा यस्ता खेलहरु प्रसस्त हुनथालेको भन्दै यस्ता खेलहरुले राष्ट्रिय खेलाडि उत्पादनमा टेवा पुग्न सक्ने बताउदै आयोजक टीमलाई धन्यबाद समेत दिनुभयो ।
साथै कार्यक्रममा उहाले यस क्षेत्र खेलकुदको बिकासको लागि उर्बर भुमि भएको भन्दै खेलमा भाग लिने खेलाडिहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा पनि यस स्थानको नाम उच्च राख्न भन्दै बधाई तथा शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका उपमेयर लक्ष्मी पाठक, जिल्ला फुटबल संघ, पाल्पाका उपाध्यक्ष भिमसेन कार्कि लगायतले फुटबलको बिकासको लागि राज्यस्तरबाटै खेलमैदान लगायत खेलको पुर्बाधार निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  २ : १४ बजे