१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

महाकवि लक्ष्मी जयन्ति कपिलवस्तुमा पनि मनाइयो



मायादेवी अनलाइन, कपिलवस्तु, ३ कार्तिक ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औँ जन्मजयन्ती कपिलवस्तुमा पनि विभन्न कार्यक्रम गरि मनाइएको छ । जिल्लामा कृयाशिल साहित्यिक संघ संस्थाले लक्ष्मीजयन्ति मनाएका हुन् ।
दिवसको सन्दर्भमा बिहिबार विहान वाणगंगा सामुदायिक पुस्तकालय, दधि स्मृति साहित्य समाज, शिवगढी साहित्य संगम, नेपाल साहित्यिक पत्रकार संघ कपिलवस्तु लगायतका संघ संस्थाले जीतपुर चारम्बरमा कार्यक्रम गरेका थिए ।
कार्यक्रममा बोल्दै प्युठानका जिल्ला शिक्षा अधिकारी सूर्य प्रसाद भुसालले देवकोटा नेपाली साहित्यमा मात्र नभई विश्वका एक प्रतिभाशाली कवि भएको बताउनुभयो । समाज निर्माणको चरणमा देवकोटाका कविताले महत्वपूर्ण भुमिका खेल्ने उहाले औल्याउनुभयो ।
दधि स्मृति साहित्य समाजका संरक्षक तथा कवि ऋषि केशव भारद्धाजले महाकवि देवकोटाले साहित्यमा देखाएको बाटो युवापिढीले आगाल्नुपर्ने बताउनुभयो ।
वाणगंगा सामुदायिक पुुस्तकालयका अध्यक्ष दिलिप कुमार कार्कीको अध्यक्षता, सचिव धर्मराज घिमिरेको सञ्चालनमा भएको उक्त कार्यक्रममा शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन कुमार शरले देवकोटाको जीवनी पढेर सुनाउनुभएको थियो ।
उक्त अवसरमा ज्ञानज्योती मावि मोतीपुरका प्रधानाध्यापक विष्णु भण्डारी, छन्दबादी समाज प्रदेश नम्बर ५ का उपाध्यक्ष कृष्ण प्रसाद भट्टराई, रेडियो वाणगंगाका प्रबन्धक दुर्गा केसी लगायतले बताउनुभएको थियो ।
यसैविच लक्ष्मी जयन्तिको अबसरमा वाणगंगा साहित्यिक प्रतिष्ठान कपिलबस्तुको आयोजनामा भएको कार्यक्रममा साहित्य सुधा पत्रिकाको बिमोचन गरिएको छ । बिमोचन कार्यक्रममा बिभिन्न कबिहरुले रचना बाचन गरेका थिए । बिमोचित पत्रिकाको बुटबल क्याम्पसका प्राध्यापक रिऋिराम भुशालले समिक्षा गर्नुभएको थियो ।
बाणगंगा नगरपालिका वडा नं. ७ बनगाई स्थित जनचेतना निम्न माध्यमिक बिधालयमा सम्पन्न कार्यक्रममा कपिलबस्तु, रुपन्देहि प्युठान लगायत बिभिन्न जिल्लाका साहित्य प्रेमि ब्यक्तीत्व हरुको उपस्थिती रहेको थियो ।

बिभिन्न साहित्यप्रेमि व्यक्तिहरुले देबकोटाको जिबनीबारे प्रकाश पारेका थिए । त्यसैगरि लक्ष्मी जयन्तीकै अबसर पारेर प्राज्ञ गजलकार बुद रानाबाट बाणगंगा नगरपालिका ८ लौगाई स्थित बाणगंगा माध्यमिक बिद्यालयमा महाकबि देबकोटाको शालिक निर्माणका लागि शिल्यान्यास गरिएको छ । शालिक निर्माणका लागि स्थानिय पुनराम गिरिले आर्थिक सहयोग गर्नु भएको छ । भने बाणगंगा साहित्यिक प्रतिष्ठानको संरक्षक रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७४ शुक्रबार ००:००  १२ : ०७ बजे