१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कपिलवस्तुका नेवार समुदायले म्ह पूजा यसरी मनाए



कपिलवस्तु, कार्तिक ४ ।
कपिलबस्तु जिल्लाका नेवार समुदायले पनि म्हः (आत्म) पूजा धुमधामका साथ मनाएका छन । बिगतका बर्षहरुमा घरमै पुजाआजा गरेर मनाउने उनिहरुले यसपालि मोटरसाईकल र्यालि निकालेका छन । गोरुसिङ्गेको भिमसेन मन्दिरबाट निकालेको र्यालि टिक्कर, पथ्थरकोट पुन गोरुसिङ्गे हुदै बनगाई, ४ नं., गजेहडा, राजापानि, र पिपरा हुदै ४ नं. चोकमा आएर उक्त र्यालि समापन गरेका हुन ।
नेवार जातीले दासप्रथाको उन्मुलन गरेको इतिहार बताउदै यसैको समझनामा म्ह पूजा गर्ने गरिएको नेवा देव दह जिल्ला कार्य समितिका अध्यक्ष निल कुमार श्रेष्ठ बताउनुहुन्छ ।
र्यालिमा जिल्लाभरिका नेवार समुदायको उपस्थिति रहेको थियो । उनिहरुको पहिरन र मोटरसाईकलमा टासिएका ब्यानरहरुले नेवार संस्कृति प्रष्ठै झल्कि रहेको देखिन्थ्यो । यो पर्व नेवार समुदायको मात्र नभई सम्पुर्ण नेपालिको पर्व भएको नेवा देव दह जिल्ला कार्य समितीका सचिब दिलु श्रेष्ठ बताउनुहुन्छ ।
कपिलबस्तुमा करिब २ हजार २ सय जनसंख्याको हाराहारीमा नेवार समुदायको बसोबास रहेको छ । जिल्लाको बैरिया, गजेहडा, मोतिपुर, कोपवा, पटना, पथ्थरकोट, टिक्कर, गोरुसिङ्गे, ईमिलिया चन्द्रैटा र तौलिहवा लगायतका स्थानमा नेवार समुदायको बाहुल्यता रहेको छ । म्ह पुजाको महत्व बारे आफ्नै भाषामा बताउदै नेवा देव दह जिल्ला कार्य समितिका सदस्य अर्जुन कुमार गुभाजुले भन्नुभयो ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वासका साथ नेवार समुदायले म्ह पुजा गर्दछन ।

प्रकाशित मिति : ४ कार्तिक २०७४ शनिबार ००:००  १२ : ४८ बजे