१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आधुनिकताका नाममा पुरानो संस्कृती हराउँदो, जताजतै साउण्ड सिष्टमको प्रयोग



मायादेवी अनलाइन, कपिलवस्तु, ४ कार्तिक ।
लक्ष्मीपूजाको दिनदेखि कपिलवस्तुका विभिन्न ठाउमा देउसीभैलो शुरु भएको छ । नेपालीहरुको दोश्रो महान चार्ड तिहार अर्थात दिपावलीको लक्ष्मी पूजा देखि औपचारिक रुपमा देउसीभैलो खेल्ने गरिन्छ । अहिले देशैभरी विभिन्न क्लव, समुह, संघ संस्थाहरुले देउसीभैलो कार्यक्रमको आयोजना गरेर रमाईलो गर्दै पर्वको रौनकता थप्दै गएका छन् ।

कपिलवस्तुका विभिन्न स्थानमा पनी देउसि भैलो कार्यक्रम भईरहेका छन् । जिल्लाको जितपुर, चन्द्रौटा, कृष्णनगर, तौलिहवा, गोरुसिङ्गे, गजेहडा लगाएतका ग्रामिण बस्तिमा समेत आ आफ्नै मौलिकता र पहिचानका साथ देउसि भैलो खेल्ने क्रम जारी छ ।

यस्तै दिपावलीको अवसर पारेर हाम्रो चाहना शान्तिको कामना, लोक सँस्कृतिको जगेर्ना भन्ने नाराका साथ लोक दोहोरि प्रतिष्ठान कपिलबस्तुले देउसि भैलो आयोजना गरेको छ ।

प्रतिष्ठानले देउसी भैलोमा नेपाली लोक संस्कृति झल्कने खालका मारुनी, कौडा, टप्पा, सालैजो र अन्य समसामयिक गित तथा नृत्य प्रस्तुत गरिरहेको छ ।

देउसि भैलोबाट संङ्कलित रकमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्नुका साथै नवोदित कलाकारहरुलाई बिधागत प्रशिक्षण दिने लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष थानेश्वर अधिकारीले बताउनुभयो ।

यता थारु पत्रकार संघ शाखा कपिलबस्तुले पनि देउसि भैलो तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । देउसि भैलोबाट सङ्कलित रकमबाट अक्षयकोष निर्माण गरि थारु पत्रकारहरुलाई पत्रकारिता पेशा प्रति प्रोत्साहन गर्ने उद्देश्य अनुरुप देउसि भैलो आयोजना गरिएको थारु पत्रकार संघ शाखा कपिलबस्तुका अध्यक्ष श्याम सि.टी को भनाई छ । देउसि भैलोमा बिशेष गरि थारु सँस्कृति झल्किने खालका प्रश्तुती राखिएको बताईएको छ ।

त्यसैगरि कपिलबस्तु नेत्रबिहिन संघ नगर स्तरिय समितिले पनि जिल्लाको बिभिन्न स्थानमा देउसि भैलो आयोजना गरेको छ । भैलोबाट सङ्कलित रकम संघमा जम्मा गर्ने बताईएको छ ।
त्यसैगरि कपिलबस्तुका बिभिन्न स्थानमा बिभिन्न क्लब, समुह, ब्याण्ड र संघ संस्थाहरुले देउसि भैलो खेल्दै रमाईलो गरिरहेका छन । यद्यपि यो सालको तिहारमा केही समुह र संस्थाले परम्परागत संस्कृति झल्किने खालका प्रस्तुतीका साथ देउसी भैलो खेलेपनि अधिकाशं स्थानमा साउण्ड सिष्टमको प्रयोग गरिएको छ । संस्कृतिको संरक्षणमा पछिल्ला समय भित्रिएका आधुुनिकतालाई बढी भड्किलो गराउन नहुने संस्कृतिविदहरु बताउदै आएका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७४ शनिबार ००:००  १२ : ५० बजे