११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

तिहारमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा



सरीता थारु, कपिलवस्तु, ४ कार्तिक ।
यस वर्ष तिहारमा बजार अनुगमन नहुदा उपभोक्ताहरु मारमा परेका छन् । तिहारको समायमा बढी मिठाई पसल, मासु पसल तथा फलफुलको खपत हुने गर्दछ । तर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमन नगर्दा उपभोक्ताहरु गुणस्तरहिन बस्तु उपभोग गर्नु बाध्य भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

विगतको वर्षमा अनुगमन हुदा कपिलवस्तुका बजारका अधिकांस पसलहरुमा निम्न गुणस्तर, बासी र दुषित मिठाई बिक्री हुने गरेको भेटिएको थियो । यस बर्ष भने मिठाई पसल लगाएतको पसलमा अनुमगन भएन । यहाका मिठाइमा हाईड बी,सेन्थेटिक डाइज, मेटालिक एल्लो लगायतका प्रतिबन्धित रंगहरुको प्रयोग गर्ने गरिएको ब्यापारीहरु बताउछन ।

यहाँका प्रायः सबै पसलहरुमा अखाद्य बस्तु मिसाएको, उत्पादन, बिक्री र भण्डारण एउटै कोठामा राखिन्छन् । ग्राहकलाई आकर्षक र ताजा भएको देखाउन अखाद्य बस्तुहरुको व्यापक प्रयोग गर्ने गरिएको छ । दशैको बेला बजार अनुगमन गर्न तातिएको प्रशसन कार्यालय तिहार सम्म आइपुग्दा सुस्ताएको छ ।

बजार अनुगमन नहुदा व्यवसायिले मनलाग्दी तरिकाबाट मालसामान बेचिरहेका छन् । केहि दिन यता बजारमा तरकारीको भाउ आकाशिएको छ । यस्तै तिहारको मौका छोपी माछामाछुको मल्यूमा पनि बृद्धि भएको उपभोक्ता बताउछन् ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७४ शनिबार ००:००  १२ : ५८ बजे