१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

वेष्ट ह्याम ब्राइनटसँग पराजीत



४ कात्तिक ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्राइटन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम भ्रमण टोली ब्राइटनसँग ३–० ले पराजित भयो । ब्राइटनलाई जिताउन ग्लेन मुर्रेले दुई तथा इज्क्एर्डो मेनाले एक गोल गरे । मुर्रेले १० औं मिनेटमा नै गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा मेनाले गोल गरेपछि ब्राइटनले अग्रता दोब्बर र्पायो । ७५ औं मिनेटमा ब्राइटनले पेनाल्टी पायो । त्यसमा व्यक्तिगत दोस्रो गोल गर्दै मुर्रेले ब्राइटनको ३–० को जित निश्चित गरे ।
जितपछि ९ खेलबाट ११ अंक जोडेको ब्राइटन दशौं स्थानमा उक्लिएको छ । ८ अंक भएको वेष्ट ह्याम १७ औं स्थानमा झरेको छ । यो हारपछि स्लावेन बिलीको भविष्यका बारेमा खतरा बढेको छ । प्रशिक्षक बिलीले आफू चिन्तित नरहेको तर वास्तविकतालाई अस्वीकार पनि नगर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७४ शनिबार ००:००  १ : ०२ बजे