१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विद्यापिठबाट बेपत्ता भएका बालक भेटिए



दिपा महत, कपिलवस्तु, ५ कार्तिक ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ मा रहेको मनकामना संस्कृत बिद्यापिठ (गुरुकुल) मा अध्ययनरत वेपत्ता भएका दुई बालक आइतबार साझ भेटिएका छन् । विद्यापिठको प्रशासन र प्रहरीको सक्रियतामा आज साझ बालक बुटबलमा भेटिएका हुन ।

उनिहरुलाई अहिले कपिलवस्तु ल्याउने तयारी गरिरहेको मनकामना संस्कृत विद्यापिठ (गुरुकुल) का अध्यक्ष रबिराज ज्ञवालीले जानकारी दिनुभयो ।

उनिहरु आश्विन ३० गते विहान ७ बजेदेखि गुरुकुलमा विद्यार्थीलाई नियमित योग, शिवमन्दिरमा यज्ञ र रुद्राभिषेक गरिसकेपछि खानाखाने क्रममा बेपत्ता भएका थिए ।

विद्यापिठमा अध्ययन गर्दै आएका कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका १० वर्षिय सागर भट्टराई र धनगढी घर भएका १२ वर्षिय अर्जुन सुवेदी विद्यापिठबाट विहान वेपत्ता भएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७४ आइतबार ००:००  ४ : ०८ बजे