१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नन्दनगरमा बृद्धाआश्रम बन्दै, १ करोड ५ लाख लागत, एक बर्ष भित्र सक्ने लक्ष्य



अबिनाश बेल्बासे, कपिलबस्तु, ७ कार्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २ नन्दनगरमा सोमबार एक कार्यक्रमका बिच जेष्ठ नागरिक स्याहार सुसार केन्द्र (बुद्ध बृद्धाश्रम) को शिलान्यास गरिएको छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख म¨ल प्रसाद थारु, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ र मनकामना बिद्यापिठका संरक्षक स्वामि लोकानन्द महाराजद्धारा संयुक्त रुपमा उक्त भबनको शिलान्यास गर्नुभएको हो ।

बृद्धाआश्रम निर्माण र व्यबस्थापन लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बाणगंगा नगरपालिकाका नगर प्रमुख म¨ल प्रसाद थारुले बताउनुभयो । उहाले बृद्ध बृद्धालाई घर परिवारबाट बृद्ध आश्रममा एक्लै नछाडि सपरिवार स¨ै बस्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धभुमि नगरपालिका नगर प्रमुख केशब कुमार श्रेष्ठले पछिल्लो समय समाजमा बृद्ध बाबुआमालाई आश्रममा लगेर छाड्ने बिकृति आएकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
१ करोड ५ लाख लागतको अनुमान सहित बृद्धा आश्रम निर्माण गर्न लागिएको हो । भवन १ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष रहेको बुद्ध फाउन्डेशन नेपाल कपिलवस्तुका अध्यक्ष रविराज शर्मा ज्ञवालिले बताउनुभयो ।
बस्नको लागि घरबार नभएका, आफन्तहरु नभएका, बिपन्न समुदायका बृद्धबृद्धालाई प्राथमिकताका साथ बृद्धाश्रममा स्याहार सुसार गरिने बुद्ध फाउन्डेशन यु.के.का अध्यक्ष दिपक श्रेष्ठको भनाई छ । बृद्धाआश्रम निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यु. के मा आयोजना गरिएको च्यारिटि शोे मार्फत सङ्कलित रकम पनि छिट्टै नेपाल पठाउने श्रेष्ठले बताउनुभयो ।

यो बृद्धाआश्रमको निर्माण पश्चात घरबारको टुङ्गो नभएका, घरबाट अपहेलित बृद्धबृद्धा, अशक्तहरुले उचित स्याहार सुसार पाउने अपेक्षा गरिएको छ । बुद्ध फाउन्डेसन नेपालको आयोजना कपिलबस्तु समाज यु.के, बुद्ध फाउन्डेसन यु.के र एन आर एन यु. के. को आर्थिक सहयोगमा बृद्धाश्रम निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रममा बिभिन्न राजिनितिक दलका प्रतिनिधि, सघं सस्थाका प्रतिनिधि, बुद्धीजीबी, समाजसेवी, सरोकारवाला निकाय, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७४ मंगलबार ००:००  २ : २३ बजे