६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कर्मेश्वर कृषि सहकारी संस्थाको साधारणसभा



सरिता थारु, कपिलवस्तु, ७ कार्तिक ।
श्री कर्मेश्वर कृषि सहकारी संस्थाको सोमबार छौठौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभामा आर्थिक वर्ष ०७३÷०७४को १ करोड ४९ लाख ९० हजार बराबरको आय व्यय विवरण लेखा समितीका संयोजक सन्तराम रौतारले प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी संस्थाका अध्यक्ष भिखु थारुले ०७३÷०७४ को आर्थिक प्रतिवेदन तथा ०७४÷०७५को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै बचत तथा ऋण परिचालन निती लेखा समिती सदस्य र्सिजना सिंजालीले प्रस्तुत गर्नुभयो । प्रस्तुत निती सर्वसहमतीमा पारित भएको छ ।
सभामा असल ऋणी चनमती थारु तथा एस.इ.ई.मा उत्कृष्ट नितीजा ल्याएको भन्दै रेनुका थारुलाई सम्मान गरिएको थियो ।
राईज गरिवी निवारण कोषका राजेन्द्र चौधरीको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष भिखु थारुको अध्यक्षता, रेखा चौधरीको स्वागत मन्तव्य तथा सह व्यवस्थापक भागिराम चौधरीको संचालनमा सम्पन्न भएको हो ।
यसैविच सस्थाको तेस्रो अधिवेशनले पुनः भिखु थारुको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिती सर्वसहमीमा चयन गरेको छ । उपाध्यक्षमा रेखा चौधरी,सचिवमा इन्दिरा राई, सह सचिवमा मनु राना, कोषाध्यक्षमा र्सिजना सिंजाली चयन हुनु भएको छ ।
त्यसैगरी पुनः सन्तराम रौतारको संयोजकत्वमा लेखा समिती गठन भएको छ । जसको सदस्यमा सरस्वती चौधरी, कृष्णा बहादुर चौधरी रहनु भएको छ । यस्तै भिखु चौधरीको संयोजकत्वमा ऋण उपसमिती गठन गरिएको छ । जसको सदस्यमा मिन कुमारी थापा र ज्ञानमती थारु रहनु भएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७४ मंगलबार ००:००  २ : ४४ बजे