१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड



अनिल खत्री, गुल्मी, ८ कात्तिक ।
गुल्मीको मुसिकोट नगरपालिकालाई लाखौं मूल्य पर्ने जग्गा दान गर्न स्थानीयवासीको होडबाजी नै चलेको छ । नगरपालिकाले छिट्टै आवश्यक भौतिक पूर्वाधारहरु खडा गर्ने भनेपछि जग्गा दिनेको होड चलेको हो ।
नगरपालिकाको भवन निर्माणको लागि मुसिकोट ७ निवासी कृष्णप्रसाद सापकोटा, शोभाखर सापकोटा, टिकाराम सापकोटा, बसन्त पन्थ, लोकबहादुर पन्थ, नरबहादुर काफ्ले र गंगाबहादुर पन्थसहितले मुसिकोट(७ गुठिखेत माथी तिम्लेचौरको करिब ११ रोपनी जग्गा निःशूल्क दिने प्रस्ताव गरेका छन् ।
त्यसैगरी गोल्डेन फ्युचर एकेडमी बोर्डिङ तर्फ जाने बाटोको गुठीको करिब १५ रोपनी जग्गा र क्याम्पसलाई प्रदान गरिएको १२ रोपनी जग्गा प्रदान गर्न पनि प्रस्ताव आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ७ को कार्यालयको भवन निर्माणको लागि हालको बसपार्क रहेको पहिलाको गाबिसको करिब ४ रोपनी जग्गा, हालको चौकी नजिकै कनिकेडाँडाको करिब ३ रोपनी सार्वजनिक जग्गा, साविकको वामी (९ शंखरटारीको करिब ३ रोपनी जग्गा तथा महेन्द्र आदर्श माबिको नयाँ भवन पछाडि रहेको ब्यक्तिको करिब ४ रोपनी जग्गाको प्रस्ताव पनि आएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  ११ : २२ बजे