१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चौथो माउण्ट स्टार नकआउट फुटवल प्रतियोगिता



लक्ष्मण पोखरेल, बुटवल, ८ कार्तिक ।
माउण्ट स्टार युवा क्लव बुटवलको आयोजनामा चौथो माउण्ट स्टार नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।
आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरी कार्तिक १० गते देखि कार्तिक २५ गतेसम्म नहरपुर माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । प्रतियोगितामा आयोजक क्लब सहित अन्य १६ वटा चर्चित क्लबहरुले भाग लिनेछन् ।
ए डिभिजनका क्लबहरु विभागिय टिम एपिएफ काठमाण्डौ, चितवन ११, हटौडा एफसी, चर्च ब्याईज युनाईटेड काठमाण्डौ, पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवल, नव युवा सास्कृतिक परिवार, देशभक्त युवा क्लब मगरमुडा, कपिलबस्तु युनाईटेड, भैरव स्र्पोटस क्लब नवलपरासी, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, लिस्नु युवा क्लब, जनज्योती युवा क्लब, डिवाईसी कोटिमाई, गोर्खा ब्याईज क्लब रहेका छन ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख पांचहजार तथा उपविजेताले नगद १ लाख १ हजार सहित कप मेडल र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितामा सेमिफाईनलमा पुग्ने टिम, म्यान अफ दी म्याच, म्यान अफ दि सिरीज, हाई स्कोरर खेलाडिलाई पनि नगद सहित पुरस्कृत गरिने बताईएको छ ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा २५ लाख ३३ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । तेस्रो माउण्ट स्टार नकआउट फुटवल प्रतियोगितामा ईन्टरस्पोर्ट युवा क्लव बुटवल विजेता तथा जावलाखेल युवा क्लव उपविजेता बनेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  ११ : २३ बजे