१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बोक्सी भन्दै एक महिलालाई खुकुरी तताएर कुट्ने युवती पक्राउ



पाँचथर, कात्तिक ९ । शरिरमा बोक्सीको पिसाच लागेको भन्दै झारफुक गर्ने नाममा एक महिलालाई फलाम तताएर डाम्दै कुटपिट गर्ने एक युवतीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । तुम्वेवा गाँउपालिका ३ बस्ने २६ वर्षकी लिपा भनिने दिव्यानी माङ्लाकलाई प्रहरीले प्रक्राउ गरेको हो ।
माङ्लाकले आफ्नो शरिरमा बोक्सी लागेको भन्दै त्यसै गाँउकी ४५ वर्षकी महिलालाई खुकुरी तताएर डाम्दै कुटपिट गरेकी थिइन । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि माङ्लाकलाई पक्राउ गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत पाँचथरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३५ बजे