१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भारतले न्युजिल्याण्डलाई ६ विकेटले हरायो



कात्तिक ९ । भारतले न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला १र१ को बराबरीमा पुर्‍याएको छ ।
दोश्रो एकदिवसीयमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै भारतले श्रृङ्खला बराबरी गरेको हो । न्युजिल्याण्डले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो ।
भारतलाई जिताउन शिखर धवनले ६८ र दिनेश कार्तिकले नटआउट ६४ रन बनाए । विराट कोहलीले २९ रन बनाए भने महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे । यी दुई देशबीच अब एउटा एकदिवसीय र ३ वटा ट्वाण्टी–ट्वाण्टी खेल हुन बाँकी छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३६ बजे