१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विद्यालयका बस चालकले अब अनिवार्य पोशाक लगाउनुपर्ने



काठमाडौँ ९ कार्तिक ।
काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको हिजो बसेको बैठकले निर्णय गरेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्यरुपमा गाढा नीलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताउनुभयो । अब विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही हुनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ५५ बजे