२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको सन्ध्या पूजा गरियो



महोत्तरी, कात्तिक ९। मिथिलाञ्चलको सबैभन्दा निष्ठा एवं श्रद्धापुर्वक मनाईने महान पर्व छठको सन्ध्या पूजा बुधबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । घरघरमा नियम एवं निष्ठापूर्वक मनाइने छठ पर्व अन्तर्गत मुख्य पूजा सझिया अर्घ जलाशयमा गएर व्रतालुहरुले एकैसाथ सामुहिक रुपमा अर्घ अर्पण गरेका छन् ।
महोत्तरीको गौशालास्थित माण्डवी गंगा, बर्दिबासस्थित रातु नदी, जलेश्वरस्थित भार्गवसर पोखरी, वलवास्थित जंघानदीलगायतका पोखरी तथा इनारमा व्रतालुहरुले विभिन्न किसिमको छठी मईयाको लोकगीत गाएर पर्व मनाईदै छ ।
नजिकै रहेको जलाशयमा बनाइएको घाटमा विभिन्न किसिमको पूजा प्रसादको रुपमा ठेकुवा, भुसवा, नरिवल, उखु, फलफूललगायतको पूजा सामग्री घाटमा लगेर सूर्य भगवान एवं छठी मातालाई अर्पण गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  १२ : ५७ बजे