१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

उदयपुरमा ट्रयाक्टर चालक मृत भेटिए



उदयपुर, कात्तिक ९ । उदयपुरमा बिहीबार बिहान एक जना ट्रयाक्टर चालक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार उदयपुरगढी गाउँपालिका–७ र रौतामाई गाउँपालिका–९ को सिमानामा पर्ने चिहानेखोला नजिकै चालक शिवकुमार सदा मृत भेटिएका हुन् ।

अन्दाजी ३० वर्षे सदाको घर त्रियुगा नगरपालिका–६ जलजले हो । स १ त ५९६० नम्बरको ट्रयाक्टरका चालक सदा ट्रयाक्टर रोकीरहेको छेउमा मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  १२ : ५८ बजे