७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आइएमई लाइफ इन्स्योरेन्सको शाखा अब बागलुङमा पनि



काठमाडौं, कात्तिक ९ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागलुङमा शाखा बिस्तार गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले शाखाको उद्घाटन गर्नुभयो ।
अध्यक्ष चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिनुभयो ।
कार्यक्रमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा। रामहरी अर्याललगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  १ : ०१ बजे