१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनाव सारिए स्वीकार्य नहुने गठबन्धनको चेतावनी



काठमाण्डौ ९ कार्तिक ।
बाम गठबन्धनका शीर्ष नेताले कुनै पनि बाहानामा प्रदेश र प्रतिनिधिसभाको चुनाव सार्ननहुनेमा जोड दिएका छन् । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले आज पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशले आशंका बढाएको टिप्पणी गरे । पत्रकार सम्म्ेलनमा एमाले अध्यक्ष केपी ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताउनुभयो । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्त रुपमा मतपत्र तय गरेको भन्दै ओलीले ससाना कुरामा अल्झिने समय नभएको टिप्पणी गर्नुभयो । ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै यसलाई विथाल्न खोजे स्वीकार्य नहुने धारणा राख्नुभयो । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माघ ७ सम्म संसद छ भन्ने हेक्का राख्न आग्रह गर्दै तोकिएको समयमा चुनाव नभए संसद् पुनस्थापना गर्न सकिनेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  १ : ०३ बजे