१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



धादिङ, कात्तिक १० ।
धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार बिहान नोबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई पुरुषको परिचय खुलेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७४ शुक्रबार ००:००  ६ : ५६ बजे