१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नयाँ शैलीमा गाई, भैसी र माछासंगै च्याउखेती , मासिक ५० हजार आम्दानी



 

कपिलवस्तु १० कार्तिक ।

गाई, भैसी र माछासंगै एकैसाथ च्याउखेती सुन्दा पनि एक आपसमा फरक फरक लाग्ने नमिल्ने यी शब्दहरु हुन । तर कपिलवस्तुका एक किसानले चार प्रकारका ब्यवसाय बीच नयाँ किसीमको संयोजन गरेर संचालन गर्नु भएकोछ । वाणगगां नगरपालिका ८ वनडौलिमा रहेको ग्रामिण पशु विकास फर्म यस्तै नमिल्दा मानिएका ब्यवसायको संयोजन गरेर चलाइएकाले आफैमा नमुना वनेको छ । गाई भैसीको मल अर्थात गोवर माछाका लागि प्रयोग गर्दै आउनु भएकोछ । च्याउमा समेत त्यही गाईभैसीकै मल प्रयोग गरेर राम्रो उत्पादन हुने गरेकोछ ।

स्थानीय स्तरमा बेल्बासे उन्नत गाई फर्म भनेर समेत बुझिने फर्म र दुध संकलन केन्द्रमा गाइ र भैसी पालन व्यवसायका साथै माछा पालन र च्याँउखेती पनि गर्दै आएको संचालक सालिक राम बेल्वासेको भनाइछ ।

२०६८ सालमा आफनो बुवाले दुईवटा गाईबाट सुरु गरेको व्यवसायमा हाल २४ वटा सम्म पुगेका छन् । उहा दिनमा ११० देखि १२० लिटरसम्म दुध बेच्नु हुन्छ । जसमा खर्च कटाएर दिनको दुई हजार र मासिक ५० हजार सम्म कमाउन उहा सफल हुनु भएको छ । एउटै व्यवसाय गरे पनि हुन्थ्यो तर एउटै व्यवसायले एथेष्ट आम्दानी दिन नसकेको हुदा उहा गाई, भैसी, माछा र च्याउँ संगै मिलाएर लैजानु भएको छ ।

आगामी दिनमा उहाँ यी व्यवसाय अझै फस्टाएर लैजाने सुरमा हुनुहुन्छ । चारै वटै व्यवसाय संयोजन गरेर अगाडि लैजाने उहाँ एउटा फरक किसिमको उदाहरणीय पात्र हो ।भविष्यमा अझै साझेदार थप्ने सोचमा उहा हुनुहुन्छ ।
कृषि पेशा नै अहिले आवश्कता ठानेर प्राविधिक ज्ञानको अभावले आफैले भेटनरी विषय पढेर गाउमा केहि गर्छु भन्ने हेतुले यो व्यवसाय गर्न थाल्नुभएको हो ।

स्थानीय कृषि वहु उद्देश्य शहकारी सस्थाको अध्क्षय सूर्य प्रसाद पौडेलले उहाको व्यवसाय राम्रो संग फस्टाउदै गएको र उदाहरणी वनेको बताउनु हुन्छ ।

मोटो रकम तिरेर हरेक दिन खाडी मुलुक र जापन कोरिया जाने युवाले नेपालमा वसेर आफ्नो घरको मानो खाएर यस्तै व्यवसाय गरे राम्रो प्रतिफल पाउन सकिने सञ्चालक बेल्वासेले बताउनु भयो ।

उता हाँको कामबाट छिमेकी पनि प्रभावित भएका छन् । गाई, भैसी ,माछा पालन र च्याउँखेतीले स्थानीय तहमा युवालाई रोजगारको बाटो मिलेको स्थानीय छिमेकी रामबादुर भुषालको भनाइछ ।

तसर्थ अरुले जे गरे त्यसकै देखासिकीगर्ने भन्दा पनि अरुले गरेभन्दा भिन्दै शैली र ब्यवहारमा पेशा गर्न सके धन कमाउन घर छाड्न पर्दैन भन्ने थाहा पाउन कपिलवस्तुको बाणगंगा बन्डौलीे स्थित ग्रामिण पशु विकास फर्ममा आएर हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७४ शुक्रबार ००:००  ७ : ०२ बजे