१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तुमा तरुण दलको स्थापना दिवस मनाइयो



जितपुर (कपिलवस्तु) ११ कात्तिक ।
नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा नेपाल तरुण दल कपिलवस्तुको क्षेत्र नः १ ले बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । तरुण दल स्थापना भएको ६४ बर्ष पुगेको अवसरमा नेपाल तरुण दल क्षेत्र १ ले फलफुल बितरण तथा दिप प्रजवल कार्यक्रमको आयोजना गरेको हो । कपिलवस्तुको चार नः जितपुरमा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका बिरामीलाई फलफुल बितरण गर्नुका साथै चार नःको चोकमा दिप प्रजवलन गरीएको थियो ।
त्यसपछि भएको कोण सभा कार्यक्रममा देशको आर्थिक सम्बृद्धि गर्ने जिम्मेवारी युवाहरुको काधमा आएको र त्यसको नेतृत्व नेपाल तरुण दलले लिनु पर्नेमा बोल्ने युवाहरुले जोड दिएका थिए । कार्यत्रममा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिका सचिव तथा बरिष्ठ समाजसेवि राम जि सेन , नेपाल तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापा, सचिव गोबिन्द आर्चाय, तरुण दल नगर सचिव प्रविण पौडेल, युवा समाजसेवि बुद्धि बहादुर रोकाहा (दिनेश), जितेन्द्र श्रेष्ठ लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा यस क्षेत्र सय बढि युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७४ शनिबार ००:००  २ : ०० बजे