१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

त्रिशूली बस दुर्घटनाः मृत्यु हुने १२ जनाको परिचय खुल्यो, २० शव भेटियो



काठमाडौं, कात्तिक ११ ।
धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट २० जनाको शव निकालिएको छ । अहिलेसम्म ज्यान जाने १२ जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा सप्तरी को तिलाठी ६ की ३५ वर्षकी सिटीकुमारी झा , तिलाठी ३ का ३८ वर्षका रञ्जितकुमार झा , तिलाठी १ का ३३ वर्षका मञ्जितकुमार झा ,बोदे बर्साइन २ का ६ वर्षका आदित्य यादव , बोदे बर्साइन ३ की चन्द्ररेखा प्रणामी ,सप्तरी नेरआका २४ वर्षका रामान्द यादव, सप्तरी नेरआकी २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी रहेको छन् । यसैगरी सहचालक देउराली मरुवाका नरेश मुखिया , राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा , सिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादव , भारत मधुवनीका ममतादेवी ठाकुर को सनाखत भएको हो ।
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस शनिबार बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी नदीभित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १६ जनाको उद्धार गरिएको छ ।
घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ५५ जनाले टिकट काटेर चढेकाले २० जना भन्दा बढी हराइरहेको अनुमानमा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७४ शनिबार ००:००  ४ : ०३ बजे