१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तुमा २ हजार ४ सय ७४ म्यादी प्रहरी छनौट, आजबाट तालिम सञ्चालन



दिपक अनुरागी, कपिलवस्तु, कार्तिक १२ ।

आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कपिलवस्तु जिल्लामा २ हजार ४ सय ७४ जना म्यादी प्रहरीहरु छनौट भएका छन् । जसमा पुरुष १ हजार ८ सय ६२ र महिला ६ सय १२ रहेका छन् ।

पाँच दिन लगाएर कडा प्रतिस्पर्धाबीच म्यादी प्रहरी छनौट भएका हुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार प्रारम्भिक स्वास्थ्य परिक्षण, शारीरिक तन्दुरुस्ती, लिखित र अन्तर्वाता मार्फत २ हजार ४ सय ७४ जना म्यादि प्रहरी छनौट गरिएको हो । यस्तै ४ सय ९५ जनालाई वैकल्पिकमा छनौट गरिएको छ ।

म्यादीमा भर्ना हुन युवादेखि अधबैंसे उमेरसम्मका पुरुष तथा महिलाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये अधिकांश अवकाश प्राप्त भूतपूर्व सैनिक, पूर्व म्यादी प्रहरी, युवायुवती लगायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रह्लाद अधिकारीले जनाउनुभयो ।

जिल्लामा आवश्यक पर्ने म्यादी प्रहरी छनौटका लागि गत असोज २४ गतेबाट २९ गते सम्म आवेदन माग गरिएको थियो । माग गरिएको आवेदन अनुसार ७ हजार ८ सय १० जनाले फारम भरेका थिए ।

छनौटमा परेका म्यादी प्रहरीहरुलाई कार्तिक १२ गते आईतबार देखि तालिम सञ्चालन गरिने प्रहरी नाउव उपरिक्षक अधिकारीले जनाउनुभयो । तालिम जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरुमा सञ्चालन गरिने छ । १२ दिन सम्म आधारभुत तालिम दिएर कार्यक्षेत्रमा पठाईने प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०७४ आइतबार ००:००  ६ : ३८ बजे