२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु



धादिङ, कात्तिक १२ । धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ ।
शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।
सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७४ आइतबार ००:००  ७ : ०२ बजे