१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा



काठमाडौं, १३ कात्तिक ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

आउँदो कात्तिक २३ गतेदेखि मंसिर ४ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिएको हो ।

टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मागर, अनिलकुमार साह, पवन सर्राफ, महमद आसिफ सेख, किशोर महतो र सहाब आलम छन् ।

यस्तै, प्रकास केसी, कमलसिंह ऐरी, भिम सार्की, रसिद खान र जितेन्द्र सिंह पनि टोलीमा परेका छन् ।
यस्तै, संदिप जोरा, विक्रम कुमार भुषाल, अंकित सुवेदी र विजय चौधरी वैकल्पिक खेलाडीमा परेका छन् । नेपाली बंगलादेशमा ३ वटा मैत्रीपूर्ण खेल खेल्न भोलि त्यसतर्फ जाँदैछ । टोली अर्को सोमबार स्वदेश फर्कनेछ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ३० बजे