७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गुल्मीमा १३८ मतदानस्थल



गुल्मी, १३ कात्तिक ।
आगामी मंसिर २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि गुल्मीमा १३८ मतदान स्थल कायम गरिएको छ ।
गत स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई नै कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेशबहादुर खत्रीले जानकारी दिनुभयो ।
२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्ला भर २५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा २४० वटा मतदान केन्द्र कायम थिए । मतदाता संख्याको आधारमा ११ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिनुभयो ।
यसैबीच निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु सिफारिस गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ४५ बजे