१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

हातहतियार बुझाउन जिल्लाबासीमा प्रशासनको अनुरोध



दिपा महत, कपिलवस्तु, १३ कार्तिक ।
आगामी मंसिर २१ गते हने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले हातहतियार बुझाउन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ ।

आइबार जिल्ला प्रशासन कार्यलयले सुचना जारी गरि हातहतियार बुझाउन अनुरोध गरेको हो । निर्वाचनलाई शान्तीपूर्ण, निष्पक्ष ब्यवस्थीत एवम मर्यादित पार्नको लागी सम्पूर्ण सर्वसाधारणलाई १५ दिन भित्र हातहतियार बुझाउन अनुरोध गरिएको छ । यदि कसैले सुचनाको बेवास्ता गरेमा कानुन बमोजिमको कारवाहि हुने समेत बताईएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ४७ बजे