१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तुमा कांग्रेसले उम्मेदवारको टुंगो लगायो



कपिलवस्तु, कात्तिक १३ । कपिलवस्तु जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारहरुको टुंगो लागेको छ ।
जिल्लाको क्षेत्र नं। १ बाट भारतका लागि पूर्वराजदुत दिपकुमार उपाध्याय, क्षेत्र नं। २ बाट निर्वतमान सांसद सुरेन्द्रराज आचार्य र क्षेत्र नं। ३ बाट निर्वतमान सांसद अभिषेक प्रताप शाह उम्मेदवार बन्ने निर्णय भएको नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सदस्य प्रकाश घिमिरेले बताए ।
क्षेत्र नं। १ मा निर्वतमान सांसद कतहर कमालको आफू उम्मेदवार हुने दाबी रहे पनि पार्टी उच्च तहले निर्वतमान सांसद कमाललाई प्रतिनिधिसभा सदस्य पदमा समानुपातिकतर्फ समावेश गराएको छ ।
निर्वाचन क्षेत्र नं। ३ का उम्मेदवार निर्वतमान सांसद अभिषेक प्रताप शाह संघीय समाजवादी फोरम परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  ५ : ४५ बजे