१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अब फुटबल हेर्न रंगशाला जान पाउने भए साउदी महिला



कात्तिक १३ । साउदी अरेबियाका महिला अब फुटबल मैदानमा जान पाउने भएका छन् ।
साउदी सरकारले पहिलो पटक फुटबल स्टेडियममा महिलालाई जाने अनुमति दिन लागेको हो । अर्को वर्षदेखि महिलाले परिवारसँग फुटबल प्रतियोगिता स्टेडियममा गएर नै हेर्न पाउने बिबिसीले जनाएको छ । त्यसका लागि तयारी भइरहेको साउदी सरकारले जनाएको छ ।
यसअघि साउदी सरकारले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो । साउदीमा महिलामाथि लगाएको विभिन्न प्रतिबन्ध विस्तारै खुकलो हुँदै गएको छ ।
साउदी सरकार पछिल्लो समयमा महिलाको अधिकारलाई सुनिश्चित गर्न अग्रसर भएको छ । यसको श्रेय क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई जाने खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  ५ : ५१ बजे