७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उदयपुर दुर्घटना अपडेट मृतकको संख्या ८ पुग्यो, ३ घाइते



उदयपुर, कात्तिक १३ – उदयपुरको कटारीबाट ओखलढुगाको लागि छुटेको टाटासुमो दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । सोमवार कटारीबाट ओखलढुगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं। ८ ठाँटीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । टाटासुमो कटारीबाट ९ जनाको चलान लिएर ओखलढुगाका छुटेको र अन्य यात्रु बाटोमा चढाएको हुन सक्ने श्रेष्ठले बताउनुभयो ।
घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपीसहितको टोली र स्थानीयबासी उद्धार कार्यमा खटिरहेका छन् । घाइते ३ जनालाई कटारी अस्पतालमा उपचारका लागि पठाइसकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १० : २४ बजे