७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हराउँदै मधेसी दलको साख



दिपक अनुरागी, कपिलवस्तु, कार्तिक ।
विं.सं. ०६२÷०६३ सालको जनआन्दोलन र दोस्रो मधेस आन्दोलन पछि उदाएका तराई केन्द्रित दलको अतित्व कपिलवस्तुमा कमजोर बन्दै गएको छ । संबिधानसभाको पहिलो निर्वाचनमा जिल्लामा स्पष्ट बहुमत पाएका मधेस केन्द्रित दल संबिधानसभाको दोस्रो निर्वाचन सम्म आइपुग्दा पहिलो दलमा खुम्चिएका थिए । संविधानजारी संगै भर्खरै सकिएको स्थानीय तहको निर्वाचन सम्म आइपुग्दा तराई केन्द्रित दलको बर्चश्व कमजोर बनेको हो । स्थानीय तहको निर्वाचनको सशक्त बहिस्कार गर्ने नीति ल्याएको राजपा नेपालबाट विद्रोह गरि स्वतन्त्र उम्मेद्वार घोषणा गरेका कतिपय नेताले चुनाव जितेपनि अधिकांश नेताहरु पराजीत बनेका थिए । तराईको मुख्य राजनीतिक दल संघिय समाजबादी फोरम नेपालले स्थानीय चुनावमा भाग लिए पनि सोचेजस्तो नतीजा निकाल्न सकेन । पहिलो संविधानसभा हँुदै दोस्रो संविधानसभा सम्म लगातार जित्दै आएको क्षेत्र पनि फोरम नेपालले गुमाउन पुगेको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सम्म आइपुग्दा जिल्लामा तराई केन्द्रित दललाई उम्मेद्वार उठाउन उम्मेद्वारको समेत अभाव देखिएको छ । सामान्य नेता रहेपनि चुनाव जित्ने नेताको अभाव मधेस केन्द्रित दलमा खड्किएको छ । तराई केन्द्रित दलबाट केन्द्रिय राजनीतिमा पहुँच राख्ने, पटक पटक मन्त्री समेत बनेका नेताले अहिले पार्टी परित्याग गरिसकेका छन् । उनिहरु एमाले, कांग्रेस, नयाँ शक्तिमा प्रवेश गरि चुनाव लड्ने तयारीमा छन् ।

तत्कालिन राजपा नेपालका केन्द्रिय महामन्त्री समेत रहेका बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरि स्वतन्त्र समुहबाट एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने तयारीमा छन् । एमाले कपिलवस्तुले गुप्तालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को टिकट दिएको छ । उनि सर्वसम्मत भएपछि अहिले गुप्ता चुनावी मैदानमा उत्रिसकेका छन् । संबिधानसभाको पहिलो र दोस्रो निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट सभासद जितेका गुप्ता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला कानुन तथा न्यायमन्त्री समेत बनेका थिए । मधेसी दलमा आउनुपूर्व उनि राप्रपाबाट राजनीति गर्दै आएका थिए । पञ्चायत, बहुदल हँुदै गणतन्त्र सम्म आइपुग्दा उनले पटक पटक चुनाव जित्दै आएका छन् । मधेस आन्दोलनको चरणमा पटक पटक जिल्लाको कमाण्ड सम्हालेका उनी संविधान जारी ताका पनि सशक्त आन्दोलनमा थिए ।

उनलाई जिल्लाबासी होनाहार मधेसी नेता भनेर चिन्ने गर्थे । तत्कालिन समयमा तराई मधेस लोकतान्त्रिक पार्टीको महामन्त्री समेत रहेका उनले हरेक सभा, सम्मेलनमा समग्र मधेस र पार्टीको नीति प्रति स्पष्ट बोल्थे । तर अहिले गुप्ता एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन् । गुप्ता भन्छन्, ‘तराईका जनताको हितका लागि मधेस केन्द्रित दलमा लागेको हो । तर चाहना अुनसार नेतृत्वले काम गर्न समेन, अहिले पार्टी छाड्न बाध्य भए । ’

तराई केन्द्रित राजनीतिका केन्द्रिय नेतृत्वमा रहदै आएका अर्का नेता हुन अभिषेक प्रताप शाह । उनले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट चुनाव जितेका थिए । संघिय समाजबादी फोरम नेपालका केन्द्रिय उपमहासचिव समेत रहेका नेता शाहले केहि हप्ता पहिला पार्टी परित्याग गरे । उनी अहिले कांग्रेस प्रवेश गर्ने र प्रतिनिधिसभा ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारीमा लागेको उनले निकतष्ट बताउँछन् । पहिलो संविधानसभामा नेपालकै कान्छो सभासदको रुपमा उपमा पाएका उनी मन्त्री भने बन्न सकेनन ।

पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरम नेपालले धेरै क्षेत्र जितेको कारण पनि शाहले मन्त्री बन्ने अवसर नपाएका हुन । उद्यपि दोस्रो संविधानसभामा उनको दलले प्रत्यक्षमा चुनाव जितेको दुई क्षेत्र मात्रै थियो । चुनाव जित्नेमा फोरम अध्यक्ष उपेन्द्र यादव र शाह मात्रै हुन । संविधानसभा दोस्रो निर्वाचन पश्चात फोरम नेपाल सरकारमा सामेल भएको छैन । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन मार्फत पार्टी पत्यिाग गर्दै नेता शाहले भने, ‘मधेसी दलका नेता भष्ट भएको कारण मैले पार्टी त्याग्न बाध्य भएको हुँ ।’ मधेसी जनताको नाममा राजनीति गरे पनि मधेसी दलका नेताले हरेक पटक पैसामै इज्जत बेच्ने गरेको आरोप समेत उनले लगाउन भ्याए । सासंदको टिकट पाउदा होस या सरकारमा मन्त्री बन्न होस मधेसी नेता भष्ट्रचार गर्न माहिर छन्, ‘उनले आरोप लगाए । ’ अब मधेसबादी दलमा बसेर राजनीति गर्नु मुर्खता हो ।

तत्कालिन समयका फोरम लोकतान्त्रिकका केन्द्रिय उपाध्यक्ष समेत रहेका दान बहादुर चौधरी पनि अहिले मधेसबादी पार्टीमा छैनन । उनि नयाँ शक्ति पार्टीमा सामेल भएको लगभग एक बर्ष पुरा भएको छ । महिला तथा बालबालिका मन्त्री समेत भएका चौधरी पनि मधेस राजनीतिका एक मुख्य योजनाकार थिए । जिल्लामा हुने हरेक आन्दोलनमा उनले नेतृत्वदायी भुमिका निभ्याउँदै आएका थिए । कुनै बेला एमाले कपिलवस्तुबाट राजनीति गरेका चौधरी एमालेबाट सांसद पनि बनिसकेका व्यक्ति हुन । मधेस आन्दोलनमा उनी एमाले त्यागी फोरम नेपाल रोजेका थिए । पहिलो संविधानसभामा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेका उनले दोस्रो संविधानसभामा फोरम लोकतान्त्रिकबाट चुनाव लडेपनि पराजीत भएका थिए । उनी पनि मधेसी दलका नेता सत्ता मोहले गर्दा जनता प्रति अनुदान हुदै आएको बताउँछन । मधेसी जनताको नाममा राजनीति गरेपनि जनता प्रति नेताले गद्धार गर्दै आएको उनले आरोप लगाए ।

जिल्लाका अर्का मधेसका प्रभावशाली नेता इश्वर दयाल मिश्रले पनि पार्टी त्यागेका छन । पहिलो संविधानसभामा निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव जितेर राज्यमन्त्री समेत भएका मिश्रले राजपा नेपाल त्यागेका हुन । उनी पनि नेता बृजेश कुमार गुप्ता संगै स्वतन्त्र समूहबाट एमालेको सूर्य चिह्न लिएर चनुावी अभियानमा होमिएका छन । यद्यपि उनको नाम प्रत्यक्ष तर्फ कतै सिफारिस भएको छैन ।

यस्तै राजेन्द्र महतोको नेतृत्वमा रहेको सद्भावना पार्टीको केन्द्रिय सचिव हुँदै हाल राजपाका केन्द्रिय सह उपमहासचिव समेत रहेका मिर्जा अरसद बेगले पनि पार्टी परित्याग गरेका छन् । उनी अहिले एमालेमा प्रवेश गरे सकेका छन भने एमालेले उनलाई प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेद्वार सिफारिस गरेको छ । यसैगरि जिल्लाका मधेस केन्द्रित दलका प्रभावशाली नेताहरु इस्रार अहमद मुसलमान, जगन्नाथ चौधरी, फौजल मुसलमान, नविन चौधरी, दिपक पाण्डे लगायतले पनि मधेसबादी दल त्यागी सकेका छन् ।
विभिन्न समयमा हुने मधेस आन्दोलनको बेला नेतृत्व गरेका नेताले नै मधेसी दल त्यागेर राष्ट्रिय पार्टीमा प्रवेश गरेपछि कार्यकर्ता अन्यौलमा परेका छन् ।

अधिकांश कार्यकर्ता नेता सहित पार्टी प्रवेश गरेपनि कतिपय नेता राजनीतिबाटै पलायन भएका छन । कार्यकर्ताको मनमा अहिले खुसी देखिदैन । हरेक चरणको मधेस आन्दोलनमा सरक हुँदै आएका बहादुरगञ्जका गोपाल गुप्ता भन्छन्, ‘नेताको पार के हो बुज्न सकिन, राजनीति गरुन जेल पार्टी राम्रा, छाडे पछि खराब । ’ मधेसी जनताको लागि मधेसबादी दलका नेताले काम गर्न नसकेकै हुन, तर यसको दोषि जनता होइनन तिनै नेता हुन उनले भने । ’

 

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ३ : ५३ बजे