८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तालिवान कमाण्डर सहित चौध लडाकू मारिए



अफगानिस्तान, १४ कात्तिक (रासस÷सिन्ह्वा) ।
अफगानिस्तानको बुर्का जिल्लामा भएको सुरक्षा कारबाहीमा परी तालिवानका एक मुख्य कमाण्डरसहित १४ जना मारिएका छन् ।
तालिवानका मुख्य कमाण्डर मुल्लाह अब्दुल वाहाबसहित १४ जना मारिएको बाघलान प्रान्तको प्रान्तीय प्रहरी प्रमुख इक्रामुदिन सारीले मङगलबार जानकारी दिनुभयो ।
“सोमबार मध्याह्न जारी रहेको सुरक्षा कारबाहीमा परी तालिवानका मुख्य कमाण्डरसहित १४ जना मारिएका छन्, अरु १७ जना घाइते भएका सारीले संबाददाताहरुलाई बताउनु भो ।
तर उहाँले सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा भने केही जानकारी दिन चाहनु भएन ।
बुर्का जिल्ला नियन्त्रणमा लिनका लागि गत दुई दिन अगाडी भएको भिडन्तमा परी तीन जना सुरक्षाकर्मीहरु मारिएको एक जना सरकारी अधिकारीले बताएका छन् ।
सयौं तालिवान लडाकूहरुले सोमबार विहानै बुर्का जिल्ला नियन्त्रणमा लिनका लागि आक्रमण गरेका थिए । त्यसपछि सरकारी सुरक्षाकर्मीहरुले प्रतिरक्षा कारबाही चलाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ११ : १८ बजे